लेखनाथ महोत्सवको तयारी तीव्र, जनप्रतिनिधिसँग पदाधिकारीको बैठक

पाेखरा | मंसिर २८, २०७९

लेखनाथ महोत्सवको तयारी तीव्र, जनप्रतिनिधिसँग पदाधिकारीको बैठक

पोखराः   लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तीव्र गतिमा बढिरहेको छ । 


विभिन्न सरोकारवाला र समुहहरुसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरि १८ औं संस्करणलाई सभ्यभव्य र विगतका महोत्सवभन्दा फरक र व्यवस्थित बनाउन सुझाव संकलन कार्य जारी रहेको अवस्थामा बुधबार मात्र साविक पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ का वडा अध्यक्ष र जनप्रतिनिधिसँग बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।


संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७९ का मुलसंयोजक छत्रधर आत्रेयको अध्यक्षतामा बसेको बैठकमा वडाध्यक्षहरुबाट महोत्सवलाई व्यवस्थित बनाउन विगतका कमिकमजोरीलाई सुक्ष्मरुपमा नियमावली नयाँँ गतिविधि तथा प्रविधि प्रदर्शनी  अगाडि बढ्नुपर्ने र आफुहरु सधै सकरात्मक रहेको र महोत्सव सफल बनाउन आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


‘महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्